टी–२० मा सबैभन्दा चाँडो शतकको कीर्तिमान, सबैभन्दा धेरै छक्काको रेकर्ड पनि तोडियो
काठमाडौँ । एस्टोनियाका साहिल चौहानले टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा चाँडो शतक बनाउने कीर्तिमान तोडेका छन् । सोमबार साइप्रसविरुद्धको खेलमा मात्र २७ बलमा शतक हिर्काउँदै उनले नयाँ कीर्तिमान बनाएका हुन् ।
चार महिनाअघि मात्र जान निकोल लोफ्टी इटनले नेपालविरुद्ध ३३ बलमा शतक बनाउँदै यो कीर्तिमान बनाएका थिए । इटनले नेपालका कुशल मल्लले बनाएको रेकर्ड भङ्ग गरेका थिए । मल्ले मंगोलियाविरुद्ध ३४ बलमा शतक हिर्काएका थिए ।
यो सबै खाले टी–२० खेलमा पनि बनेको सबैभन्दा चाँडो शतक थियो । यसअघि क्रिस गेलले आईपीएल २०१३ मा ३० बलमा शतक बनाएका थिए ।
त्यस्तै, चौहानले टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा धेरै छक्का हिर्काउने कीर्तिमान पनि बनाएका छन् । यसअघि हजरतुल्लाह जजाई र फिन एलनले एकै खेलमा १६–१६ वटा छक्का प्रहार गरेका थिए ।
उनले १४ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । सबैभन्दा चाँडो अर्धशतक बनाउने रेकर्ड भने तोड्न सकेनन् । यो रेकर्ड नेपालका दीपेन्द्र सिंह ऐरीको नाममा छ । दीपेन्द्रले मात्र ९ बलमा अर्धशतक बनाउँदै कीर्तिमान बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण