मुद्दा मामिलापछि चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्ति प्रक्रिया फेरि अघि बढ्यो
बुधबार, ०५ असार २०८१, ०८ : २७
काठमाडौँ । मुद्दा मामिलाका कारण अन्योलमा परेको चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्ति प्रक्रिया फेरि अघि बढेको छ । चिकित्सा शिक्षा आयोगको निर्देशक नाम सिफारिस गर्न गठित समितिले एक सूचना प्रकाशित गर्दै सर्टलिस्टमा १२ जनालाई अन्तरवार्ताका लागि बोलाएको हो ।
यसअघि मङ्सिर १६ गते अल्पसूची कायम गरिएको तथा प्रस्तुति र अन्तर्वार्ता कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गरिएकोमा सम्मानित उच्च अदालतमा रिट दायर भएपछि अन्तर्वार्ता, परीक्षाफल प्रकाशन र नियुक्तिलगायतका कारवाही यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश जारी भएको थियो ।
तर उच्च अदालत पाटनको गत जेठ १३ को फैसलाबाट रिट निवेदन खारेज हुने ठहर्छ भनी आदेश भएकोले उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तरवार्ता कार्यक्रम अघि बढाइएको सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव