मुद्दा मामिलापछि चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्ति प्रक्रिया फेरि अघि बढ्यो
बुधबार, ०५ असार २०८१, ०८ : २७
काठमाडौँ । मुद्दा मामिलाका कारण अन्योलमा परेको चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्ति प्रक्रिया फेरि अघि बढेको छ । चिकित्सा शिक्षा आयोगको निर्देशक नाम सिफारिस गर्न गठित समितिले एक सूचना प्रकाशित गर्दै सर्टलिस्टमा १२ जनालाई अन्तरवार्ताका लागि बोलाएको हो ।
यसअघि मङ्सिर १६ गते अल्पसूची कायम गरिएको तथा प्रस्तुति र अन्तर्वार्ता कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गरिएकोमा सम्मानित उच्च अदालतमा रिट दायर भएपछि अन्तर्वार्ता, परीक्षाफल प्रकाशन र नियुक्तिलगायतका कारवाही यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश जारी भएको थियो ।
तर उच्च अदालत पाटनको गत जेठ १३ को फैसलाबाट रिट निवेदन खारेज हुने ठहर्छ भनी आदेश भएकोले उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तरवार्ता कार्यक्रम अघि बढाइएको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण