दिल्लीका मुख्यमन्त्री केजरीवाल ३ जुलाईसम्म न्यायिक हिरासतमा रहने
नयाँ दिल्ली । दिल्लीको राउज एभिन्यू अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत ३ जुलाईसम्म बढाएको छ । मुख्यमन्त्री केजरीवालको जमानत याचिकामा बुधबार तिहाड जेलबाट भिडियो कन्फरेन्समार्फत सुनुवाइ भएको थियो ।
अरविन्द केजरीवालले सम्पत्ति शुद्धिकरण ऐन (पीएमएलए) उल्लङ्घन गरेको बलियो प्रमाण भएको अनि यसमा सरकारी साक्षी मात्र नभइ साक्षीको बयान र अन्य प्रमाणहरू पनि समावेश रहेको आफूहरूले अदालतमा बताएको अतिरिक्त सोलिसिटर जनरल एसभी राजुले भनेका छन् । मार्चमा केजरीवाल पक्राउ परेको समयमा ईडीले केजरीवाल रक्सी घोटाला मामिलामा मुख्य षड्यन्त्रकारी भएको बताएको थियो ।
ईडीले केजरीवालमाथि १ अर्ब भारु मागेको आरोप लगाएको छ । तर, यो आरोपमा केजरीवालका वकिल गुप्ताले चाँहि ईडीबलाई नै सोध्नुपर्ने बताएका थिए । केजरीवाल लोक सभाको चुनाव अघि पक्राउ परेका थिए । तर, सर्वोच्च अदालतले मे महिनामा चुनावी प्रचारका लागि केजरीवाललाई केही हप्ताको अन्तरिम जमानत दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण