‘शिरफूल’ ले रोक्यो शुक्रबारको रिलिज
काठमाडौँ । फिल्म ‘शिरफूल’ भोलि शुक्रबार प्रदर्शन नहुने भएको छ । निर्माण युनिटले बिहीबार फिल्मको रिलिज स्थगित गर्दै साउन १८ लाई प्रदर्शन मितिको रूपमा सार्वजनिक गरेको छ । फिल्मका निर्देशन कमल एक्चै मगर हुन् ।
प्रचार प्रसार नपुगेको लगायत केही प्राविधिक कारणले फिल्म सारिएको निर्देशक मगरले जानकारी दिए । मगरको यसअघि फिल्म ‘डेसान’ प्रदर्शनमा आएको थियो ।
‘शिरफूल’ आदिवासी जनजाति महिलाहरूले लगाउने एक प्रकारको सुनको गहना हो । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ‘शिरफूल’ भनिएको हो । नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रूपमा लिने चलन छ । फिल्मले पनि छोरीलाई बिम्बको रूपमा बुझाउन खोजेको निर्देशक मगर बताउँछन् । फिल्ममा आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गर्ने प्रयास गरिएको छ ।
फिल्ममा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगर लगायतको अभिनय छ ।
हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायाङ्कन र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म आशिर्वाद पुनमगर र माया छन्त्याल पुनको लगानीमा बनेको हो । फिल्मको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन् ।
अभिनेत्री मरिस्का पोखरेलको विशेष भूमिका रहेको फिल्म आरआर फिल्मसले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण