योगलाई धर्म र जातमा सीमित गर्नु हुँदैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्न नहुने बताएका छन् । शुक्रबार १० औँ विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पार्टीले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले योग नेपाल भूमिबाट सुरु भएको उल्लेख गर्दै योग कुनै धर्म, जाति, भूगोल र राजनीतिक विचार धारामा सीमित नहुने बताए । उनले योगलाई मानव जातिको कल्याणका रूपमा विकास गर्नुपर्ने बताए । उनले योग मानव समाजव्यापी हुन जरुरी रहेको बताए ।
उनले भने,‘योग कुनै धर्म विशेषसँग कुनै जाति वा भूगोल विशेषसँग, कुनै राजनीतिक विचार धारासँग सीमित छैन । यो सम्पूर्ण मानव जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको छ । कुनै धर्म विशेषसँग सीमित गरेर समग्र मानव जातीको कल्याणका निम्ति मानवव्यापी यसको दायरालाई सिमित गर्नु हुँदैन । यस धर्मसँग सम्बन्धित छ भनेर अरु धर्मलाई अलग गर्नु हुँदैन । मानव जातीको शरीर स्वस्थ रहोस्, मस्तिष्क स्वस्थ रहोस् भन्ने कुरासँग सम्बन्धित छ ।’
अध्यक्ष ओलीले चित्त निरोधक नै योग रहेको बताए । योग भनेको अनुशासित र पवित्र जीवन रहेको उनले बताए । उनले योगको बाटोमा लाग्न र फैल्याउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसको पर्यटन प्रवर्द्धन गर्न वीरगञ्ज ‘मधेस पर्यटन मिट’
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते
-
नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण
-
गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द
-
इजरायली आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति क्षति पुग्ला ?
-
पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते