अबको हाम्रो एक मात्र लक्ष्य मिसन २०८४ हो: मन्त्री चौधरी
इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अबको लक्ष्य मिसन २०८४ नै भएको बताएकी छन्। नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेकी मन्त्री चौधरीले नेकपा एमाले इटहरी नगर कमिटीको नवौँ नगर अधिवेशनलाई सम्बोधन गर्दै त्यस्तो बताएकी हुन् ।
सम्पूर्ण पार्टी पङ्क्ति मिसन ८४ मा केन्द्रित हुनुपर्ने भन्दै उनले भनिन्, 'राष्ट्रियताको मिसन बोक्दै, राष्ट्र बनाउने मिसन लिएर अगाडि बढेको पार्टी नेकपा एमाले हो । पार्टीलाई एक नम्बरको बनाउनका निम्ति अबको हाम्रो यात्रा मिसन ०८४ हो । अब हामी सबै मिसन ८४ को लक्ष्यमा केन्द्रित हुनुपर्छ ।'
पार्टीको नीतिलाई बोक्ने नेतृत्व स्थापित हुँदै जाने भन्दै उनले विकासको सपना बोक्ने पार्टी एमाले नै भएको दाबी गरिन् । उनले विकासको मूल फुटाउनका निम्ति पनि एमालेले जित्न आवश्यक रहेको बताइन् ।
पार्टीभित्र कसैलाई पनि निषेध गर्नेगरी जान नहुने भन्दै मन्त्री चौधरीले पार्टीभित्रको आन्तरिक समस्या बसेर समाधान गर्नुपर्ने बताइन् । एउटै आँगन , एउटै क्षेत्र , एकै ठाउँ जाने भएकाले अधिवेशनले मिसन २०८४ लाई सहयोग गर्ने उनको विश्वास थियो ।
नेकपा एमाले इटहरी नगरका कार्यवाहक अध्यक्ष रूपेश बस्नेतको अध्यक्षता तथा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज , कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
-
टेलिकम बिलिङ सिस्टम भ्रष्टाचार मुद्दाः सुनिल पौडेलसहित १८ जनाविरुद्ध सुनुवाइ सुरु
-
बाँकेमा रोपाइँ गर्न आकाशे पानीको भर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण