सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घट्यो
आइतबार, ०९ असार २०८१, १० : ४४
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको हो ।
यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आइतबार तेजाबी सुन तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यसैबीच आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर १ हजार ८१५ रुपैयाँमा कारोबार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण