सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घट्यो
आइतबार, ०९ असार २०८१, १० : ४४

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको हो ।
यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आइतबार तेजाबी सुन तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यसैबीच आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर १ हजार ८१५ रुपैयाँमा कारोबार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
-
भारत–पाकिस्तान तनावले नेपालमा आर्थिक संकटको जोखिम, पूर्व गभर्नर चिरञ्जीवी नेपालको चेतावनी
-
कोहलीले बीसीसीसीआईलाई भने, ‘टेस्ट क्रिकेटबाट संन्यास लिन चाहन्छु’
-
नेता होइन, जनताको सोचमा परिवर्तन हुनुपर्छ: सभामुख घिमिरे
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा
-
कुष्ठ रोगीमाथि हुने विभेद लज्जास्पद् : उपसभामुख राना