राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकका लागि ७ जनाको नाम सिफारिस
काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकका लागि ७ जनाको नाम सिफारिस गरिएको छ ।
बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले सोमबार ७ जनाको नाम सिफारिस गरेको हो ।
कार्यकारी निर्देशकका लागि पेस भएका आवेदकहरूको स्वीकृत नामावली वर्णानुक्रम अनुसार सिफारिस गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उल्लेख गरेको छ ।
एक नम्बरमा काठमाडौँ महानगरपालिका– १४, काठमाडौँका गौरव लुइँटेलको नाम सिफारिस गरिएको छ । दोस्रोमा काठमाडौँ महानगरपालिका– १०, काठमाडौँका नवराज सापकोटाको नाम सिफारिस गरिएको छ । यस्तै, तेस्रोमा सुन्दर बजार–२, परेवाडाँडा, लमजुङका फाइन्द्र राज पाण्डेको नाम सिफारिस छ । चौथोमा तुलसीपुर उपमहानगरपालिका– १२, दाङका मनोज बस्नेतको नाम सिफारिस छ ।
यस्तै, पाँचौँमा चन्द्रागिरि नगरपालिका– ३, थानकोट, काठमाडौँका राजेन्द्र श्रेष्ठको नाम सिफारिस गरिएको छ । यस्तै, छैटौँमा सिरान्चोक गाउँपालिका ३ गोरखाका रामचन्द्र ढकालको नाम सिफारिस छ । यस्तै, सातौँमा भूमिकास्थान नगरपालिका –९, अर्घाखाँचीका डा. विष्णु प्रसाद भट्टराईको नाम सिफारिस गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।
नाम सिफारिस गरिएका उम्मेदवारलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि मिति र समय निर्धारण गरी जानकारी गराइने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण