सरकारले दक्ष व्यक्तिलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्छ : मन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारले स्पष्ट र व्यावसायिक रूपले दक्ष व्यक्तिलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
मन्त्री पुनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि अध्यक्ष नियुक्त गर्न गठित समितिले छनोट गरेका पाँच जनामध्ये दुई जना मात्रै प्रस्तुतिमा सहभागी हुँदा कानुनी समस्या भएकाले कानुनी रायको लागि महान्याधीवक्ताको कार्यालयलाई पठाएको बताए । उनले महान्यायाधिवक्ताको कार्यालयले समितिले सरकारलाई अन्तरवार्तामा सहभागी दुई जना वा त्योभन्दा बढी सिफारिस गर्न पाउने विषयमा कानुनी राय आएसँगै समितिले सिफारिस गर्ने बताए । उनले कानुनमा स्पष्ट रूपमा कम्तीमा पनि तीन जना योग्यहरूलाई सिफारिस गर्नुपर्ने व्यवस्था रहेको बताए ।
मन्त्री पुनले महान्यायाधिवक्ता कार्यालयको कानुनी राय अनुसार समितिले गरेको सिफारिसको आधारमा चाँडै सरकारले बोर्डको अध्यक्ष नियुक्ति गर्ने उल्लेख गरे । उनले सञ्चार माध्यममा बोर्डको अध्यक्ष नियुक्तिका विषयमा स्वार्थ समूहका आधारमा काम भएको, नेता विशेषले दबाब दिएको भन्ने विषयमा सत्यता नभएको बताए । उनले सरकार र दलका नेताहरू, प्रधानमन्त्री र अर्थमन्त्रीलाई जोडेर लागेका लान्छानाहरुमा पनि सत्यता नभएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण