सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बजेट राम्रो भएकाले बहुमतले पास भयो : ओली

मङ्गलबार, ११ असार २०८१, १९ : ४३
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको प्रतिक्रिया दिएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

यसअघि बजेट आएलगत्तै संसदीय दलको बैठकमा बजेट नेकपा (माओवादी केन्द्र) केन्द्रित भएर आएको प्रतिक्रिया दिएका ओलीले बजेट पास भएको दिनमा भने राम्रो बजेट आएकाले बहुमतले पास भएको प्रतिक्रिया दिए । उनले भने, ‘राम्रो छ र बहुमतले पास गर्‍यो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयगत बजेट विनियोजनमा असन्तुष्टि जनाउनु भयो नि भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले आफूलाई असन्तुष्टि जनाएको जानकारी नरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप