सम्पादकको योग्यता पुनरावलोकनको तयारी

काठमाडौँ । प्रेस काउन्सिल नेपालले सम्पादकको योग्यता र मापदण्ड पुनरावलोकनको प्रक्रिया थालेको छ । डिजिटलसहित विभिन्न सञ्चार माध्यममा सम्पादकको पुरानै योग्यता भएकाले पुनरावलोकन आवश्यक देखिएको काउन्सिलले जनाएको छ । सोहीकारण पुनरावलोकनको प्रक्रिया थालिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताए ।
“प्रविधिले फड्को मारी पत्रकारिताको आयाम र प्रवृत्तिमा व्यापक विस्तार भएको छ । सञ्चार माध्यमको सम्पादकीय नेतृत्व गर्ने सम्पादकको योग्यतामा फेरबदल भएको छैन । सोहीकारण हामीले त्यसको योग्यता र मापदण्ड पुनरावलोकन प्रक्रिया थालेका हौँ”, अध्यक्ष बस्नेतले आज नयाँ अनलाइन, युट्युब, सञ्चार माध्यमका सञ्चालक, सम्पादकलाई काउन्सिलमै राखिएको अभिमुखीकरण कार्यक्रममा भने ।
पत्रकारलाई गल्ती गर्ने छुट नभएकातर्फ हरदम ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले मानवीय कमजोरीले यदाकदा गल्ती भए क्षमायाचनासहित सच्याउन सधैँ अग्रसर हुन सुझाव दिए । अभिमुखीकरणमा आचारसंहिताको पाटोमा कान्तिपुर टेलिभिजनका प्रधानसम्पादक विजय पौडेल र विभिन्न सञ्चार निर्देशिका एवं अनुगमनबारे काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले सहजीकरण गरेका थिए । पत्रकार पौडेलले दर्शक बढाइ केही कमाउने लोभमा पत्रकारिता सक्नेतिर कोही पनि लाग्न नहुने बताए ।
पत्रकार आचारसंहिता र पत्रकारिताको धर्म पालना गर्दैअघि बढेमा युट्युबसहित सामाजिक सञ्जालको सदुपयोग हुने उनको सुझाव थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसको पर्यटन प्रवर्द्धन गर्न वीरगञ्ज ‘मधेस पर्यटन मिट’
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते
-
नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण
-
गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द
-
इजरायली आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति क्षति पुग्ला ?
-
पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते