मन्त्री पुनले खुलाए २ खर्ब बजेट अर्थ मन्त्रालयमा राख्नुको कारण
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयले २ खर्ब रुपैयाँभन्दा बढी बजेट राख्नुको कारण खुलाएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले अर्थ मन्त्रालयमा राखिएको २ खर्ब रुपैयाँभन्दा बढी बजेटबारे प्रस्ट्याएका हुन् ।
अर्थमन्त्री पुनले प्रदेश तथा स्थानीय तहमा जाने समपूरक रकम २ खर्ब रुपैयाँ बजेटमा नै राखिएको बताए । यस्तै ससर्त अनुदानको रकम पनि एकमुष्टरुपमा राखिएको उनले बताए ।
‘दुई शीर्षकमा राखिएको एकमुष्ट रकम अबण्डामा राखिएको जस्तो देखियो,’ अर्थमन्त्री पुनले भने, ‘समानिकरण अनुदान सकेसम्म प्रतिबद्धता गरेबमोजिम स्थानीय तह र प्रदेशमा जाओस् भन्ने हाम्रो लक्ष्य हो ।’ यद्यपि, सङ्कलित राजश्वका आधारमा प्रदेश र स्थानीय तहमा समानिकरण रकम पठाउने भएकाले लक्ष्यबमोजिमको पठाउन नसकिएको उनले बताए ।
‘७४–७५ प्रतिशत रकम हाराहारी समानिकरण रकम पठाएका थियौं,’ पुनले भने, ‘योपछि स्थानीय तह र प्रदेशबाट गुनासो आएपछि ९३ प्रतिशतसम्म पठाएका छौँ ।’ स्थानीय तहको स्रोत समेत सुनिश्चित नहुँदा ती पालिकामा समानिकरणको रकमले ठुलो भूमिका खेल्ने अर्थमन्त्री पुनको भनाई छ ।
उनले काठमाडौँ महानगरजस्तो ठुलो आम्दानी भएको स्थानीय तहलाई पठाउने समानिकरण रकम न्यून देखिने पनि बताए । तर आफ्नै आम्दानी नभएका पालिकालाई तलब खुवाउन, शिक्षा र स्वास्थ्यमा खर्च गर्न पनि समानिकरण रकममा आधारित रहेका उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण