कमीकमजोरी सुधार्दै संसद्लाई देश र जनतामा केन्द्रित गर्नुपर्छ : सभामुख

काठमाडौँ । सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका छन्।
संसद् दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने बताए ।
संसद् अविच्छिन्न र जनप्रतिनिधिको जीवन्त अभ्यास गर्ने थलोका रूपमा रहेको उल्लेख गर्दै सभामुख घिमिरेले संविधानले निर्दिष्ट गरेका सिद्धान्त र मान्यताको आधारमा देशको संसदीय व्यवस्थालाई बलियो बनाउने दायित्व सबैको भएको सन्देशमा उल्लेख गरेका छन् । संसद्प्रति जनताको आस्था र विश्वासलाई उचाइमा पुर्याउन सबैको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको उनको अभिमत छ ।
मुलुकको संसदीय इतिहास अन्य देशको तुलनामा नयाँ नभएको जनाउँदै सभामुखले नेपालको राजनीतिक व्यवस्थामा निरन्तर विभिन्न धक्का र उतारचढावका कारण संसदीय प्रणालीले अविच्छिन्न अभ्यास गर्ने, समृद्ध हुने र सुदृढ बन्ने मौका नै नपाएको सन्देशमा उल्लेख गरे ।
संसद् दिवसले संसदीय लोकतन्त्रको प्रवर्द्धन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सभामुख घिमिरेले यस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादनबिनाको वितरणले समस्या निम्तायो : कांग्रेस उपसभापति गुरुङ
-
जलवायु नेतृत्वमा नेपाल दृढ छ : वनमन्त्री ठकुरी
-
डडेल्धुराबाट देउवासँग फोन कूटनीति : ओली र प्रचण्डका तीन समानता
-
आयोगहरूमा भएको पदाधिकारी नियुक्तिप्रति द्वन्द्व पीडितको आपत्ति
-
हङकङलाई पछि पार्दै सुपर–३ चरणमा पुग्यो नेपाल
-
निर्माणाधीन सडक अनुगमनमा उपमेयर डङ्गोल : प्राविधिक प्रतिवेदन पेस गर्न निर्देशन