संसद् ऐन, कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गयो : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद् ऐन, कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गएको बताएका छन् । आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले नेपाली नागरिकको उत्कृष्ट प्रतिनिधिको थलो संसद् भए पनि संसद् नागरिकका ऐन, कानुन बनाउनतर्फ अहिले कतै न कतै चुकेको जिकिर गरेका हुन् ।
उनले सांसदहरूले निर्माण गर्ने ऐन, कानुनले नै देश कता जान्छ भन्ने कुराको निर्धारण हुने भन्दै सांसदहरू ऐन निर्माणमा बढी केन्द्रित हुनुपर्ने बताए । समयमा ऐन, कानुन निर्माण गर्न संसद्ले ध्यान नदिएकोतर्फ सचेत गराए ।
उनले भने, ‘नेपाल धनी संविधानमै छ भन्छु म । २००७ सालदेखि अहिलेसम्मका संविधानहरू हेर्ने हो भने धेरै संविधानहरू हामीले व्यहोर्यौँ । र पनि मुख्य गरेर २०१५ सालदेखि आम निर्वाचनपछि बनेको संविधान आफ्नै ढङ्गले जो हामीले उत्कृष्ट र राम्रो पनि ग¥यौँ । २०१९ मा उत्कृष्ट ल्यायौँ भन्यौँ, २०४८ मा पनि भन्यौँ । त्यसपछि २०६३ सालपछि अन्तरिम हुँदै २०७२ सालमा अहिलेको नयाँ संविधान ल्याएका छौँ । संविधानलाई हेर्ने पनि सबैको आफ्नो आफ्नो दृष्टिकोण हुन्छ भन्ने लाग्छ मलाई । यो वर्गीय समाजमा आफ्ना आफ्ना दृष्टिकोण हुन्छन् । मुख्य कुरा संविधानलाई ठिक र बेठिक भनेर प्रमाणित गर्ने कुरा, सही र गलत भनेर प्रमाणित गर्ने कुरा त्यो संविधानलाई कार्यान्वयन गर्ने जिम्मा लिएका तपाईं हामी नै हौँ । हाम्रो सोच, कार्यशैली, कार्ययोजना र मुख्य गरी नेपाली जनताले अपेक्षा गरेको, चाहेको, खोजेको, हामी जिम्मा लिएर आएका जो नेपाली जनताको उत्कृष्ट थलो प्रतिनिधिको थलो भनेको संसद् हो । जो सबै जनताको प्रतिनिधित्व गर्दछ । हामीले निर्माण गर्ने ऐन, कानुन कस्तो बनाउने र कस्तो दिशा दिन्छ भन्ने कुराले निर्धारण गर्दछ । अहिले हामी अलिकति त्यसमा कहीँ न कहीँ चुकेका छौँ । समयमा ऐन, कानुन निर्माण गर्न भ्याएका छैनौँ । गर्न सकेका छैनौँ । परिस्थितिले दिएको छैन भनौँ वा हामी धेरै सोच र दृष्टिकोणका मानिसको सँगालो संसद् भएको हुनाले त्यो सबैलाई व्यवस्थापन गरेर अघि बढ्न हामीलाई कठिनाइ भएको छ ।’
अध्यक्ष दाहालले संसद्लाई प्रभावकारी बनाउने सांसदहरूको भूमिका भनेको नेपाली नागरिकसँग गरेका वाचा, अहिलेको नेपालको वर्तमान राजनीतिक परिस्थिति, भविष्यको नेपालको सिङ्गो अर्थतन्त्रलाई कसरी अघि बढाउने र नेपाली जनताको जनजीविकाको सवालमा गम्भीर हुनुपर्ने बताए । उनले सांसदहरूले देश र जनतालाई फाइदा हुने ढङ्गले सोच्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण