कैलालीमा आफैँले चलाएको पावर टिलरले घाँटी च्यापिँदा चौधरीको मृत्यु
सोमबार, १७ असार २०८१, ११ : १७
धनगढी । कैलालीमा आफै चलाएको पावर टिलरले घाँटीमा चोट लाग्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका ४ बस्ने ४० वर्षीय देवल चौधरीको खेत जोत्ने पावर टिलरले चोट लाग्दा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराका अनुसार आइतबार चौधरीले आफैँले चलाएको पावर टिलर घर नजिकै पार्किङ गर्ने क्रममा पराल राख्न गाडेको काठमा ठोकिन जाँदा घाटीमा चोट लाग्दा गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको थियो । अस्पतालले उनलाई चेकजाँच गर्दा मृत घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
-
थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
-
चुरे बस्तीमा बाघ आतङ्क
-
अमेरिकी शीर्ष कूटनीतिज्ञ विटकफ वार्ताका लागि स्विट्जरल्याण्ड प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण