काठमाडौँ प्याब्सनका कोषाध्यक्ष मृत फेला
शुक्रबार, ०५ असार २०८३, २१ : ५५
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का कोषाध्यक्ष मृत भेटिएका छन्। ४५ वर्षीय दिननाथ अधिकारी तार्केश्वर नगरपालिका वडा नम्बर–८ स्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् ।
तार्केश्वरको शेषमति भेटघाट चोकमा बस्दै आएका अधिकारी शुक्रबार दिउँसो आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
करिब साढे १ बजेतिर दुई वटा दराजको बिचमा पर्दा झुण्ड्याउने डण्डी अड्याएर झुण्डिएको देखेपछि आमाले प्रहरीलाई खबर गरेकी थिइन् । उनको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
अधिकारी काठमाडौँ महानगरपालिका–१६ बालाजु स्थित नेशनल मोडल सेकेन्डरी स्कुलका प्रिन्सिपल समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
-
अस्ट्रेलियाका बर्गेसको आत्मघाती गोल, अमेरिकालाई सुरुवाती अग्रता
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
-
अमेरिका र अस्ट्रेलिया भिड्दै, यस्तो छ अघिल्लो चरणको समीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण