सशस्त्र प्रहरी परिवार महिला संघको २३औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा प्रधान कार्यालय हल्चोक स्वयम्भुमा असार १७ गते सशस्त्र प्रहरी परिवार महिला संघको २३औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद, विपद् पीडितहरूको सहयोग लगायत विविध जनचेतनामूलक कार्यक्रमहरूमा देखाएको अग्रसरताको मुक्तकण्ठले प्रशंसा गरिन् । उनले सामाजिक सेवाका कार्यहरू कुनै एक व्यक्ति वा संस्थाको प्रयासले मात्र सम्भव नहुने बताउँदै यस्ता कार्यमा सबै मिलेर हातेमालो गरी अगाडी बढ्न जरुरी रहेको बताइन् ।
निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले वार्षिकोत्सवको अवसरमा आयोजित दोस्रो खुल्ला महिला हाफ म्याराथनका विजयी खेलाडी लगायत उत्कृष्ट कार्य गर्ने महिला सशस्त्र प्रहरी कर्मचारीहरूलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरेका थिए ।
सशस्त्र प्रहरी परिवार महिला संघकी उपाध्यक्ष सावित्रा कुमारी जैसीले विभिन्न निजी तथा सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल छात्रछात्राहरूलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
-
इतिहासकै सबैभन्दा रोमाञ्चक गोल्डेन बुट दौड : कसले मार्ला बाजी ?
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण