सहकारी समस्या र समाधानका उपाय खोज्न राष्ट्रिय दलहरूलाई पत्राचार गर्ने समितिको निर्णय
काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोगमा संसदीय विशेष छानबिन समितिले सहकारी क्षेत्रका समस्याहरू समाधानका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता दलहरूलाई पत्राचार गर्ने निर्णय गरेको छ । मंगलबार बानेश्वरमा बसेको समितिको बैठकले राष्ट्रिय दलहरूलाई लिखित पत्राचार गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै सभापति सूर्य थापाले सहकारी क्षेत्र आर्थिक क्षेत्रमात्र नभएकाले राजनीतिक दलहरूको सहयोगको अपेक्षा गरेको बताए ।
‘यो क्षेत्रका समस्याहरू समाधान गर्नका निम्ति प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई समस्या बुझाइ र समाधानका उपायहरू लिखित रूपमा छानबिन विशेष समितिलाई उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ । राजनीति क्षेत्रबाट पनि यो अपेक्षा गरेका छौँ, किनभने संगठित रूपमा सहकारी क्षेत्रको विकास, प्रवर्द्धन र व्यवस्थापनमा राजनीतिक दलहरू जिम्मेवार छन् । दलका विभिन्न व्यक्तिहरू संलग्न छन् । शुद्धीकरण र समाधानका निम्ति पनि राजनीतिक क्षेत्र जबाफदेही ढंगले छानबिन अभियानमा साथसाथै रहनुपर्छ भन्ने हाम्रो मान्यता छ ’, उनले भने ।
मंगलबारको बैठकमा मुख्य राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड र राष्ट्रिय सहकारी बैंक लिमिटेडका वर्तमान र पूर्वपदाधिकारी र कर्मचारीहरूसँग विभिन्न विषयमा छलफल गरेको उनले बताए । अर्को बैठक २० गते बस्ने सभापति थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण