अब सर्वसाधारणले जथाभावी बाटो काटे रु २०० तिर्नु नपर्ने
काठमाडौं–ट्राफिक प्रहरीले जथाभावी सडक पार गर्ने सर्वसाधारणसँग रु २०० जरिवाना असुल्दै आएकोमा गृहमन्त्री जनार्दन शर्माको सक्रियतामा सो व्यवस्था हटाइएको छ ।
गृहमन्त्रालयमा मंगलबार प्रहरी महानिरीक्षक प्रकाश कुमार अर्याल र ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामासँग गृहमन्त्री शर्माले छलफल गरी सो व्यवस्था हटाउन निर्देशन दिएका हुन् ।
सर्वसाधारणले बाटो काट्दा हुने सामान्य गल्तीकै भरमा रकम लिइँदा आफूहरुलाई मर्का परेको भनि गुनासो आइरहेको बेला गृहमन्त्रीले सम्बन्धित निकायका अधिकारीलाई बोलाएर सो निर्देशन दिएका हुन् । यअसघि सर्वसाधारणलाई जथाभावी बाटो काटे तीन घण्टासम्म नियन्त्रणमा राख्ने या रु दुई सय लिएर छाड्ने कार्य प्रहरीले गत जेठ १६ गतेदेखि गर्दै आएको थियो ।
गृहमन्त्रीको निर्देशनपछि सर्वसाधारणले जथाभावी बाटो काटे अब मात्रै आधा घण्टा ट्राफिक कक्षा लिनुपर्नेछ ।
ट्राफिक प्रहरी प्रमुख लामाले यसअघिको निर्णय आजैदेखि खारेज हुने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
-
‘पहाडभित्र सुरक्षित हेडवर्क्स बनाएर दुई वर्षभित्र बाह्रै महिना मेलम्चीको पानी दिन्छौँ’
-
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण