शाहबाज सरिफ र पुटिनबिच भेटघाट
अस्ताना । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन दुवै नेता कजाकिस्तानको राजधानी अस्तानामा पुगेका थिए । सोही क्रममा दुईबीच भेटघाट भएको हो ।
‘मेरो अनुरोधमा धेरै क्षेत्रमा सहयोग गर्न तपाईं तयार हुनुभयो । हामीले तेल क्षेत्रमा सहयोग बढायौँ, तपाईंले हामीलाई तेल पठाउनुभयो । हामी त्यसका लागि आभारी छौँ,’ उक्त भेटमा शाहबाज सरिफले पुटिनलाई भनेका थिए ।
दुई देशबिचको सम्बन्धले अरू कुनै देशसँगको सम्बन्धलाई असर नगर्ने पनि उनले बताए । ‘पाकिस्तानसँग तपाईंको देशको पुरानो व्यापारिक सम्बन्ध छ । आपसी व्यापारलाई अगाडि बढाउन, नवीकरण गर्न यो सही समय हो । यो पाकिस्तानका लागि पनि फाइदाजनक हुनेछ । यसले हामी कयौँ समस्याबाट उब्रिन सक्नेछौँ,’ उनले भने थिए ।
भेटमा पारस्परिक हितका धेरै क्षेत्रमा द्विपक्षीय सहयोग बारेमा कुरा गरेको भेटपछि शाहबाज सरिफले इन्स्टाग्राममा एउटा पोस्टमा लेखेका छन् । आफूहरूले क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि छलफल गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण