विद्यार्थीलाई ओलीको टिप्स : मौरीको सङ्गत गरे मह, झिँगाको सङ्गत गरे फोहर
बुटवल । राष्ट्रिय राजनीतिमा चहलपहल बढिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा बिहीबार आफ्नो महत्त्वपूर्ण केही समय विद्यार्थीका लागि छुट्याए ।
बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ‘विद्यार्थीसँग केपी ओली’ कार्यक्रम अन्तर्गत ओलीले एसईई परीक्षामा हालै उत्तीर्ण विद्यार्थीहरूसँग करिब २ घण्टा बिताए ।
यस क्रममा ओलीले पुर्खाहरूको गौरव वर्णन गर्नुका साथै विद्यार्थीसँग तस्बिर खिच्नसम्म भ्याए । उनले विद्यार्थीहरूसँग राजनीतिक विषयमा भने चर्चा गरेनन् । नैतिक शिक्षा, जीवन दर्शन, विद्यार्थीहरूको भविष्यका बारेमा उनले आफ्ना धारणा राखे ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले इमानदारितापूर्वक काम गरे जुनसुकै क्षेत्रमा पनि सफल भइने बताए । जुन विषय अध्ययन गरे पनि राम्रोसँग बढ्न विद्यार्थीलाई उनले सुझावसमेत दिए ।
अहिले धेरै अभिभावकले आफ्ना छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाउन चाहेको भन्दै ओलीले कुन विषय बढ्ने भन्नेबारे विद्यार्थीले आफ्नो क्षमता र रुचिका आधारमा निर्णय गर्नुपर्ने बताए ।
उनले भने, ‘नारायण गोपाललाई म्याराथन धावक र वैकुण्ठ मानन्धरलाई गायक बनाएको कस्तो हुने थियो ? के त्यो सम्भव थियो ? थिएन, किनकि ती दुवैको आ–आफ्नै क्षमता थियो । त्यही क्षमताको आधारमा अगाडि बढ्ने हो ।’
उनले विद्यार्थीहरूलाई सङ्गतको महत्त्वसमेत प्रकाश पारे । माहुरीको सङ्गत गरे मह, झिँगाको सङ्गत गरे फोहर हुने भन्दै उनले राम्रो व्यक्तिको सङ्गतले राम्रै हुने बताए ।
अहिले एसईई परीक्षा अनुत्तीर्ण भएका विद्याजीहरूका लागि आफूले निःशुल्क अनलाइन कक्षा व्यवस्था गरी साउनमा हुने पूरक परीक्षामा धेरैभन्दा धेरै पास गराउने घोषणासमेत ओलीले गरे ।
कार्यक्रममा अनेरास्ववियुले एसईई परीक्षामा जीपीए ४ ल्याएर उत्तीर्ण भएका रुपन्देहीको सैनामैना नगरपालिका–६ स्थित रामपुर माध्यमिक विद्यालयका विद्यार्थी कृत्रिम भट्टराई र बुटवलको न्यु होराइजन बोर्डिङ स्कुलका प्रवेश खनालसँगै रुपन्देहीका सामुदायिक विद्यालयबाट ए प्लस ल्याएर उत्तीर्ण भएका एक हजार २२८ जना विद्यार्थीलाई सम्मान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
-
नेप्सेमा २० अङ्कको गिरावट, ४ अर्ब माथिको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण