कल्भर्ट भत्किँदा च्यापिएर एक जनाको मृत्यु
शुक्रबार, २१ असार २०८१, २२ : ३५

जुम्ला । यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो कल्भर्ट भत्काउने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । पातारासी– १ निवासी ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए ।
पातारासी–१ का ४१ वर्षीय कर्ण ऐडी, १८ वर्षीय सुरेश बुढा र १६ वर्षीय धन ऐडी घाइते भएको सूचना अधिकारी चन्दले बताए । घाइते तीनैजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
-
गगन, बाबुराम, कुलमानसहित करिब एक हजारले हेरे ‘बारपाक फोटो प्रदर्शनी’
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
‘वार रुम’ स्थापनादेखि ‘पर्फर्मेन्स एन्ड पेमेन्ट अटोमेसन’ : यस्ता छन् योगेशका २४ बुँदे सुझाव
-
चार जना मृत अवस्थामा फेला
-
पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर मृत्यु