एसिया कप खेल्न जाने नेपाली महिला टोलीको बिदाइ, रोहित, सन्दीप र पारसले दिए बधाई
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी महिला एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ । सोही प्रतियोगितामा सहभागी जनाउने नेपाली महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको हो ।
कार्यक्रममा क्यानका सचिव पारस खड्काले महिला क्रिकेट टिमको प्रदर्शनलाई लिएर सबैमा चासो रहेको भन्दै महिला टिमले विगतदेखि नै राम्रो गर्दै आएको बताए । महिला क्रिकेट टिम पहिल्यैदेखि प्राथमिकतामा पर्नुपर्ने भएपनि प्राथमिकतामा राख्न सबै चुकको उनको भनाई थियो।
अब महिला क्रिकेट खेलाडीलाई पनि राम्रो भन्दा राम्रो अवसर दिन आवश्यक रहेको उनले बताए । उनले अबका खेलमा टिमप्रति विश्वास राखेर उच्च आत्मबल राखेर खेल्न आग्रह गरे । उनले महिला क्रिकेटलाई धेरै दबाब नरहेको भएपनि अवसरका रूपमा लिएर उत्कृष्ट नतिजा निकाल्न आग्रह गरे ।
कार्यक्रममा महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले अभ्यास राम्रो गरेको भन्दै नतिजा पनि राम्रो दिने प्रतिबद्धता जनाइन् । उनले टिम राम्रो रहेको र उच्च मनोबल रहेकाले राम्रो नतिजा पस्कने जिकिर गरिन् ।

कार्यक्रममा बोल्दै भारत र पाकिस्तानसँग खेल्दा राम्रो अनुभव पाएको र त्यसले नै टी २० विश्वकपमा राम्रो नतिजा पस्किएको उनको भनाई थियो । उनले विश्वकपमा जाँदा सुपर ८ मा पुग्ने आत्मविश्वास लिएर गए पनि सम्भव नभएको बताए ।
कार्यक्रममा बोल्दै क्रिकेटर सन्दीप लामिछानेले खेलाडीहरूले कुनै पनि आफ्नो सपना पूरा गर्ने माध्यम खेललाई बनाउनुपर्ने बताए । यस्ता खेलले आत्मविश्वास बढाउने र अनुभव बटुल्ने अवसर हुने बताए । उनले कुनै पनि सपना पूरा गर्नुपूर्व त्यसको लागि अभ्यास जारी राख्नु नै ठूलो कुरा भएको बताए । उनले आफूभित्र भएको क्षमतालाई बाहिर ल्याउने गरी खेल्न सुझाव दिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले अहिलेको अवसरलाई उचित सदुपयोग गर्नुपर्ने बताए । उनले निकै राम्रो खेल्दाखेल्दै पनि कतिपय खेलहरूमा पराजित भएको भन्दै आगामी दिनमा त्यसलाई सुधार गरी अघि बढ्न सुझाव दिए ।
प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र युएई छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्याण्ड छन् । नेपालले जुलाई १९ मा युएईसँगको खेलमार्फत प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ तथा भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण