रहेनन् टाइटानिकका निर्माता जोन लान्डाउ
लस एन्जलस । ओस्कार विजेता हलिउड निर्माता जोन लान्डाउको निधन भएको छ । शुक्रबार ६३ वर्षको उमेरमा उनको मृत्यु भएको हो । एक वर्ष अघि देखि उनी क्यान्सरसँग जुधिरहेका थिए ।
मृत्युको खबरको लान्डाउको आफ्नै बहिनी टिनाले सामाजिक सञ्जालमा पुष्टि गरेकी छिन् । लान्डाउ हलिउडका निर्माताद्वय एली र ईडी लान्डाउका छोरा हुन् । केही समय उनी फिल्म बनाउने कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सको कार्यकारी पनि थिए । फिल्ममेकर जेम्स क्यामरुनसँग मिलेर उनले सन् १९९७ को ब्लकबष्टर फिल्म टाइटानिक बनाएका थिए ।
यो बक्स अफिसमा १ अर्ब डलरको व्यापार गर्ने पहिलो हलिउड फिल्म थियो । सन् २००९ मा आएको अवतार र सन् २०२ मा आएको यसको सिक्वेल अवताः द वे अफ वाटरले टाइटानिकको रेकर्ड तोडेका थिए । ल्यान्डाउनले हनी, आई श्रङ्क द किड्ज लगायत अन्नय हिट फिल्मको पनि सह–निर्माण गरेका थिए । उनको मृत्युको खबर बाहिरिएपछि क्यामरुनले महान निर्माता र महान मानवले आफूहरूलाई सदाका लागि छाडेर गएको भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा: एक लाख चार सय ७१ जना ‘नन ग्रेडेड’, ४० परीक्षार्थीको परीक्षा रद्द
-
सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप
-
२० करोड डलरको लागुऔषध तस्करीको आरोपमा बेलायती अभिनेत्री अस्ट्रेलियामा पक्राउ
-
फ्राईडे रिलिज : देशभर एक्लै ‘आइ एम जीत बहादुर’
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनको स्थलगत तयारी
-
अमेरिकाद्वारा इरानविरुद्धको समुद्री नाकाबन्दी अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण