समाचार
म्याग्दीमा डेंगु संक्रमणले एक जनाको मृत्यु
बुधबार, २६ असार २०८१, २० : ४४
पोखरा । डेंगु संक्रमणबाट म्याग्दीमा एक जनाको मृत्यु भएको छ । बेनी नगरपालिका ४ सिंगाका ६४ वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको हो ।
एक्कासी ज्वरो आएपछि उनलाई असार १६ गते अस्पताल लगिएको थियो ।
अवस्था जटिल बनेपछि १७ असारमा पोखरा रिफर गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको बेनी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा.अञ्जु थापाले जानकारी दिइन् । 'हाम्रो स्रोतले उपचार सम्भव नभएपछि रिफर गरिएको हो,' उनले भनिन्, 'पोखरामा उपचारकै क्रममा निधन भएको छ ।'
डेंगु संक्रमण बढ्न सक्ने भएकोले सचेत रहन उनको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण