प्रचण्डलाई स्वागत गर्न झाँकीसहित खुमलटार निवासमा नेता तथा कार्यकर्ताको भिड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्न निजी निवास खुमलटारमा झाँकीसहित नेता तथा कार्यकर्ता तयारी अवस्थामा रहेका छन् । डेढ वर्ष सत्ताको नेतृत्व गरेका उनी संसदमा राखेको विश्वासको मतको नतिजा आएपछि केन्द्रीय कार्यालय पेरिसडाँडा जाने कार्यक्रम रहेको छ ।

केन्द्रीय कार्यालयमा रहेका सहिद स्तम्भमाथि माल्यार्पण गरेपछि नेता तथा कार्यकर्तासँग आफ्ना कुरा राख्ने र त्यसपछि सिँधै निजी निवास खुमलटार जाने कार्यक्रम रहेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डको ३ बजे जाने कार्यक्रम भएपनि संसदमा विश्वासको मतसम्बन्धी छलफल लम्बिएकाले अपराह्न ५ बजेसम्म आइपुग्न सक्ने उपाध्यायले जानकारी दिए ।

‘पाँच बजेसम्म आइपुग्ने कार्यक्रम रहेको छ । कार्यालयमा रहेको सहिद स्तम्भमा माल्यार्पण गरेपछि उहाँले नेता तथा कार्यकर्तालाई सम्बोधन गर्नुहुन्छ । त्यसपछि आफ्नो निवासतर्फ जानुहुन्छ’, सचिव उपाध्यायले भने । कार्यालयमा प्रचण्डलाई स्वागत गर्नका लागि अहिले उपाध्यक्ष पम्फा भुसाल पेरिसडाँडा पुगिसकेकी छिन् । नेता तथा कार्यकर्ताको भिड लागेको छ ।

उता खुमलटारमा प्रचण्डलाई स्वागत गर्न नेवार र तामाङ समुदायको झाँकीसहित नेता तथा कार्यकर्ता उल्लेख सहभागी रहेको नेता राजकाजी महर्जनले जानकारी दिए । प्रचण्डलाई स्वागत गर्न दुवै स्थानमा केन्द्रीय नेताहरू खटिएका छन् । २०७९ साल पुस ११ गते प्रधानमन्त्री भएका उनी विश्वासको मत नपाएपछि एक वर्ष ६ महिना १७ दिनमा सत्ताबाट बाहिरिने छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडका लागि ६ जना विद्यार्थी चीन प्रस्थान
-
चीनद्वारा पास्टर एज्रा जिन रिहा
-
अन्य क्षेत्रको तुलनामा बैंकको प्रतिफल न्यून छ : सीईओ ज्ञवाली
-
लामो समय विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका पीएसओहरु धमाधम फिर्ता
-
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था अझै रहस्यमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण