बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

सञ्चारग्रामबाट राजवंशी भाषाको समाचार प्रसारण आरम्भ

आइतबार, ३० असार २०८१, १९ : २१
आइतबार, ३० असार २०८१

काठमाडौँ । नेपालको बहुभाषिक नीति अनुरूप रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामले महानगर एफएम विराटनगरबाट राजवंशी भाषा समाचार प्रसारण सुरु गरेको छ । यसको शुभारम्भ गर्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले यसले भाषा संस्कृतिको विकासमा थप बल पुग्ने बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा उल्लेख भए अनुसार बहु सांस्कृतिक बहु धार्मिक नीतिलाई समावेशीकरण गर्दै राजवंशी भाषा समाचार प्रसारण शुभारम्भ गरेकोमा रेडियो नेपाललाई धन्यवाद दिए । स्थानीय भाषा, संस्कृति कला, साहित्य गीत सङ्गीतको संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्य अनुरूप स्थापना भएको सञ्चारग्रामले अन्य सेवा अतिरिक्त राजवंशी भाषा समाचार प्रसारण गर्नु खुसीको कुरा भएको उल्लेख गर्दै उनले यस्ता खालका भाषा तथा कार्यक्रमलाई आगामी दिनमा अझ विकास एवं विस्तार गर्दै जानुपर्ने बताए ।

प्रमुख कोइरालाले तारिणीप्रसाद कोइरालाको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शनीदेखि स्थानीय भाषाको गीत सङ्गीत रेकर्डिङ गर्दै आएकोमा यस्ता कुरालाई जनसमुदाय समक्ष पुर्‍याउँदै स्थानीय स्तरमा रोजगारी मुलुक कार्यक्रम सञ्चालन गर्न सञ्चारग्रामलाई महानगरले सघाउ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै रेडियो नेपालका कार्यकारी निर्देशक एवं सञ्चारग्राम सञ्चालक समितिका अध्यक्ष बुद्धिबहादुर केसीले आगामी आर्थिक वर्षमा सञ्चारग्राममा तारिणी प्रसाद कोइरालाको सालिक स्थापना गर्ने र सञ्चारग्राम मार्फत मोबाइल एप तथा वेबसाइट सञ्चालनमा ल्याउने जानकारी गराए । 

कार्यक्रममा राजवंशी, मुडियारी, मधेसी, थारु लगायत विभिन्न जातीय समुदाय तथा संघसंस्था प्रतिनिधिको सहभागिता थियो । आजदेखि सुरु भएको राजवंशी भाषाको समाचार हरेक दिन महानगर एफएममा दिउसो १ बजेर ४५ मिनेटमा प्रसारण हुने छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप