वर्तमान संविधान संशोधन होइन खारेज गर्नुपर्छ : वैद्य
काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, एकता महाधिवेशन आयोजक समितिले अहिलेको संविधान पूर्ण रूपमा खारेज गरी जनगणतान्त्रिक संविधान निर्माणका लागि आवाज बुलन्द पार्न आह्वान गरेको छ ।
संयोजक ‘किरण’ले सोमबार विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस र नेकपा एमालेबिचको गठबन्धनले संविधान संशोधन गर्ने सहमति गरेको भनेर कतिपय नेताले भन्दै आएको अवस्थालाई लक्षित गर्दै देश र जनताको समस्या समाधान गर्न नभएर साम्राज्यवाद र विस्तारवादले आफ्नो स्वार्थ पूरा गर्न यो एजेन्डा उठाएको जिकिर गरेका छन् ।
‘त्यसकारण समस्याको समाधान यो संविधानको संशोधन होइन, यसको पूर्ण खारेजी र त्यसका ठाउँमा जनगणतान्त्रिक संविधान निर्माण हो,’ किरणद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
अहिलेको राजनीतिक अस्तव्यस्तता कुनै एउटा अमुक संसदवादी पार्टी वा गठबन्धनको असफलताको कारणले पैदा भएको नभएर प्रतिक्रियावादी सत्ता तथा संसदीय व्यवस्थाको असफलताको परिणाम रहेको संयोजक किरणको ठहर छ । ‘त्यसकारण, देश र जनताले विगतदेखि निरन्तर भोग्दै आएका समस्या आज एउटा गठबन्धनका ठाउँमा अर्को गठबन्धन खडा गरेर समाधान हुन सक्दैन,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘त्यसमाथि, संसद्मा पहिलो र दोस्रो स्थानमा रहेका संसदवादी राजनीतिक दलहरूका बिचमा बनेको नयाँ गठबन्धन संसदीय व्यवस्थाको आम मान्यता विपरीत मात्र छैन, यसले आउने दिनमा देशलाई थप फासीवादको दिशामा लैजाने कुरा प्रस्ट गरेको छ ।’
जोसँग र जस्तो गठबन्धन गरेर भए पनि सत्तामा पुग्नै पर्ने नेपाली संसदीय राजनीतिले भ्रष्टाचारलाई संस्थागत गर्ने, देशलाई थप कङ्गाल र अझ बढी परनिर्भर बनाउने कुरामा कुनै शङ्का नरहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण