चितवन दुर्घटना : दुई सय मिटर गहिराइसम्म हेर्न मिल्ने डिभाइस प्रयोग
काठमाडौँ । त्रिशूलीमा बेपत्ता दुई वटा बस र यात्रुको खोजीमा सशस्त्र प्रहरीले अत्याधुनिक प्रविधिको प्रयोग गरेको छ । सोमबारदेखि त्रिशूलीमा दुई सय मिटर गहिराइसम्म हेर्न मिल्ने डिभाइस प्रयोग गरेर खोज्न थालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
असार २८ मा दुई वटा डिलक्स बस भरतपुर नगरपालिकाको सिमलतालबाट त्रिशूलीमा खसेर बेपत्ता छन् । बस र यात्रुको खोजीमा सशस्त्र प्रहरीले उच्च प्रविधिको सोनार डिभाइस प्रयोग गरिरहेको छ । उच्च प्रविधिको डिभाइस हलचोकस्थित सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट पठाइएको डीएसपी थापाले जानकारी दिए ।
उनले भने– ‘नेपालमा उपलब्ध मध्येमा उच्च स्तरको सोनार प्रविधि पानीमुनि साउन्ड वेभ पठाएर त्यहाँ रहेका भएका वस्तुहरूलाई स्क्यान गरेर आकृतिको रुपमा देखाउने प्रविधि हो ।’
सोनार प्रविधिले पानीभित्र दुई सय मिटर गहिराइमा जुनसुकै बस्तु भए पनि पत्ता लगाउने सशस्त्रका अधिकृतहरू बताउँछन् । मोटर बोटमा जडान गरेर सो प्रविधिमार्फत लामा दुरीका सम्पूर्ण वस्तुहरूको आकृति कम्प्युटरमा हेर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण