१६ महिनामै फुट्यो वैद्यको पार्टी, धर्मेन्द्र समूहद्वारा एकता असफल भएको घोषणा

काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १६ महिनामै फुटेको छ । २०७९ चैतमा दुई पार्टीबिच एकता भएकोमा मंगलबार भने विभाजन भएका हुन् ।
मंगलबार पार्टीका सह–संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ले विज्ञप्ति जारी गर्दै एकता प्रक्रिया असफल भएको घोषणा गरेका छन् । उनले विज्ञप्ति मार्फत पार्टी विभाजन भएको संकेत गरेका हुन् ।
उनले दुई वर्षको अवधिमा पार्टी एकतालाई सुदृढ गर्न आफूहरूले कैयौँ प्रयत्न गरेपनि एकता सफल हुन नसकेको बताए ।
विज्ञप्तिमा भनिएको छ, ’एकता आज सफल नभए भोलि सम्भव छ तर, अनावश्यक हुने तिक्तताले आन्दोलनलाई लामो समयसम्म नोक्सान गर्छ । दुई वर्षको अवधिमा एकतालाई सुदृढ गर्न हाम्रो तर्फबाट भएका कैयौँ प्रयत्नहरूका बाबजुद हामी सफल हुन सकेनौँ । अतः समय र विषयको संवेदनशीलतालाई मध्यनजर गरेर आजैका मितिबाट एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएका छौँ ।’
कञ्चनले एकताको आरम्भमा पैदा भएको उत्साह र ऊर्जा जोगाउन नसक्नुमा आफ्नो तर्फबाट पनि कमीहरू भएको भन्दै त्यसप्रति आत्मालोचना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ
-
संसदमा बोल्न नपाएपछि प्रधानमन्त्रीको प्रतिप्रश्न– मज्जा लाग्यो ?
-
रास्वपाको विरोधपछि प्रधानमन्त्रीको प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित (तस्बिरहरू)
-
केन्द्रमा बढ्यो खेलकुदको बजेट, प्रदेशमा कस्तो छ ?
-
बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका प्रतिवादी पक्राउ
-
भारत र इङ्ल्यान्डबिचको टेस्ट सिरिज आजबाट