समाजवादी मोर्चा
आगामी कार्यक्रम तय गर्न समाजवादी मोर्चाले बनायो चार सदस्यीय कार्यदल
मङ्गलबार, ०१ साउन २०८१, १९ : ३३
काठमाडौँ । समाजवादी मोर्चाले आगामी कार्यक्रम तय गर्न कार्यदल बनाएको छ । नेकपा एकीकृत समाजवादीको कार्यालयमा मंगलबार बसेको बैठकले मोर्चामा आबद्ध चार नेता सम्मिलित चार सदस्यीय कार्यदल गठन गरिएको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
कार्यदलले आगामी कार्यक्रमलगायतको खाका तयार गरेर १५ दिनभित्र आफ्नो प्रतिवेदन तय गरेर मोर्चामा बुझाउने छ । त्यसपछि आवश्यक कार्यक्रम तय गरेर अघि बढिने उनको भनाइ छ ।
कार्यदलमा माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल, नेकपाबाट विश्वकर्मा र नेसपाबाट गंगानारायण श्रेष्ठ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण