ओम प्रतिकको ‘मोहर’ मा भित्रिन् नीति
शुक्रबार, ०४ साउन २०८१, १२ : ५७
काठमाडौंँ । अभिनेत्री नीति शाहले फिल्म ‘खजुरे ब्रो’ बाट अभिनयमा डेब्यु गरेकी हुन् । उनको डेब्यु फिल्म बक्स अफिसमा असफल भएपनि उनी भने अभिनयमा सफल ठहरिएकी छन् ।
किनभने ‘खजुरे ब्रो’ पछि उनको हातमा एकपछि अर्काे फिल्म परिरहेका छन् । केही अगाडि ‘ज्वाईसाँप’ फिल्मको छायाङ्कन सकाएकी नीति अहिले फिल्म ‘मोहर’ मा पनि अनुबन्धित भएकी छन् ।
फिल्मका निर्देशक ओम प्रतिक हुन् । फिल्म मेकर्स प्रालिको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा ओम प्रतिककै लेखन छ । फिल्मलाई चुम्बनजंग शाहीले निर्माण गर्न लागेका हुन् ।
नीतिको हातमा यो बाहेक फिल्म ‘रुखान’ पनि छ । सविर श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्मको छायाङ्कन चाँडै सुरु हुने बताइन्छ । यसको अलवा नीतिले दिवाकर भट्टराईको निर्देशन रहने एक अनटाइटल प्रोजेक्ट पनि साइन गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण