२ नम्बर प्रदेशमा चुनाव गराउन आयोगले माग्यो १ अर्व ७० करोड
काठमाडौं– असोज २ गतेका लागि तय गरिएको प्रदेश नं. २ को निर्वाचन व्यवस्थापनका लागि निर्वाचन आयोगले सरकारसँग थप झन्डै १ अर्व ७० करोड रुपैयाँ माग गरेको छ । आयोगको बैठकले निर्वाचनको तयारीका लागि सरकारसँग उक्त थप रकम माग गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
दुई नम्बर प्रदेशको निर्वाचनका लागि मतपेटिका, मतपत्र लगायतका सामग्रीहरु तयारी अवस्थामा रहेपनि आयोगले सरकारसँग थप रकम माग गरेको हो । कर्मचारी परिचालन, मतदाता शिक्षा र तालिम कार्यक्रममा उक्त रकम खर्च गरिने प्रवक्ता शर्माले बताए ।
आयोगलाई यसअघि सरकारले १० अर्व ६३ करोड ७६ हजार रुपैयाँ दिइसकेको छ । गत फागुन ९ गतेको मन्त्रीपरिषद बैठकले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोगलाई यो रकम दिने निर्णय गरेको थियो ।
आयोगले गएको शुक्रबार पहिलो र दोश्रो चरणको निर्वाचनका क्रममा पाँच अर्व ५४ करोड खर्च भएको बिवरण प्रस्तुत गरेको थियो । साथै बाँकी ३ अर्ब रुपैया सरकारलाई फिर्ता पठाएको पनि जनाएको थियो । केही दिन भित्र औपचारिक रुपमा खर्च विवरण सार्वजनिक गर्ने तयारी भइरहेको प्रवक्ता शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण