विक्की कौशलका लागि गुड न्युज बन्यो ‘ब्याड न्युज’
नयाँ दिल्ली । बलिउड अभिनेता विक्की कौशल यतिबेला ‘ब्याड न्युज’का कारण चर्चामा छन् । फिल्मको ट्रेलरलाई दर्शकहरू निकै रुचाएका थिए । फिल्मभित्र रहेको ‘तौबा तौबा’ गीतमा उनको डान्स मूभले पनि निकै चर्चा पाएको थियो ।
यो गीत सामाजिक सञ्जालमा भाइरल भएको थियो । फिल्मलाई क्रिटिक्सहरूले राम्रो रेटिङ दिएका छन् । दर्शकहरूले पनि फिल्मलाई माया गरिरहेका छन् । ‘ब्याड न्युज’ले विक्कीका लागि गुड न्युज साबित भएको छ ।
१९ जुलाईमा रिलिज भएको यो फिल्मले पहिलो दिनमै ८ करोड ६२ लाख भारु कमाएको छ । यो अभिनेताका फिल्ममध्ये पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । पहिलो सप्ताहन्तमा फिल्मले ३० देखि ४० करोडको कमाई गर्न सक्ने अपेक्षा गरिएको छ ।
यस अघि विक्कीको ‘उरी’ फिल्मले ओपनिङ डेमा ८ करोड २० लाख भारु कमाएको थियो । ‘राजी’को कमाई ७ करोड ५३ लाख भारु थियो भने ‘सैम बहादुर’को ओपनिङ ६ करोड २५ लाख भारु थियो । फिल्ममा विक्कीको साथमा तृप्ति डिमरी र एमी विर्कको पनि मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली
-
‘भागदौड’को टिजरमा वैदेशिक रोजगारी र सहकारी ठगीको कथा
-
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
-
पत्रकार महासङ्घ युकेमा थपिए सल्लाहकार, १५ औँ स्थापना दिवस भव्य रूपमा मनाइने
-
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
-
पोखरा महानगरको बजेट आज, गत वर्षभन्दा आकार घट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण