अमरेश कुमारले गरे ओलीको प्रशंसा– तपाईँ अब देशको ‘बा’ बन्नुस्
काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा उनले कार्यकर्ताहरूले ‘बा’ भन्ने गरेकोमा अब देशको नै ‘बा’ बन्नका लागि आग्रह गरे ।
सांसद सिंहले ओली प्रधानमन्त्री बनेपछि देशमा आशा र उत्साह बढेको बताउँदै अहिलेको सरकारलाई फेल हुन छुट नभएको बताए ।
उनले प्रधानमन्त्री ओली साँझ ७ बजेदेखि बिहान ३ बजेसम्म अध्ययन गर्ने नेता रहेको बताए । अहिलेको परिपे्रच्छेमा ओली जत्तिको अडान लिनसक्ने नेता कोही नभएको उनले दाबी समेत गरे ।
पहिले ओली सरकारमा गएको बेला राज्यसक्तामा पकट नरहेको तर अहिले राज्यसत्ता र सरकारमा पकट रहेकोले यदि उनले चाहे देशको मुहार परिवर्तन हुने जिकिर गरे ।
ओलीको कार्यकालमा राष्ट्रियता सुरक्षित रहने विश्वास रहेको बताउँदै उनले आफ्नो अडानमा कायम रहने ओलीको विशेषता रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण