लुम्बिनीमा वर्षाबास धार्मिक अनुष्ठान
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा आठौँ वर्षाबास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । लुम्बिनीस्थित राजकीय बौद्ध विहारमा आइतबार आयोजित कार्यक्रममा विहारका संरक्षक भीक्षु सागर धम्मले शील पाठ गरेर वर्षाबासको आरम्भ गरेका हुन्।
भिक्षु धम्मले वर्षाबास कार्यक्रमले बुद्धको उपदेशहरूको ज्ञान लिन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, “नेपालीहरूलाई विश्वभर बुद्धको देशका मानिस भनेर चिनिन्छ । यसैले पनि सबै नेपालीले बुद्धको ज्ञान लिनु आवश्यक छ ।” लुम्बिनी आध्यात्मिक केन्द्र भएको उल्लेख गर्दै उनले लुम्बिनीबाट के पाएँभन्दा पनि के दिएँ भनेर सोच्नुपर्ने बताए ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले विभिन्न समयमा लुम्बिनीको पहिलो राजकीय बौद्ध विहार भत्काउने विषय उठ्ने गरेको जनाउँदै बुद्ध जन्मेको स्थानमा बुद्ध विहार भत्काउँदा संसारभर राम्रो सन्देश नजाने बताइन् । उनले विहारलाई लुम्बिनी विकास गुरुयोजनाभित्र राखेर पुनःनिर्माण गर्न सरोकार भएकाहरूलाई सुझाव दिइन् । उनले लुम्बिनीमा रहेका अधिकांश गुम्बा र विहार स्थानीयसँग जोडिन नसकेको दुखेसो गरिन् ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले विश्व समुदायको हितका लागि शान्ति पहिलो शर्त भएकाले शान्ति प्राप्तिका लागि समुदायस्तरमा बुद्ध शिक्षा पुर्याउनुपर्नेमा जोड दिए । विभिन्न समयमा हुने यस्ता धार्मिक अनुष्ठानहरूले धार्मिक सहिष्णुता जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
वर्षात्को तीन महिना प्रतिकूल मौसमका कारण धर्मयात्रा गर्न असहज हुने भएका कारण उपासक–उपासिकासहित भिक्षुहरू सुरक्षित स्थानमा बसेर धार्मिक अनुष्ठानमा सरिक हुने प्रक्रियालाई वर्षाबास भनिन्छ । साउन पूर्णिमादेखि सुरु भएको वर्षाबास तीन महिनापछिको पूर्णिमामा समापन हुनेछ । वर्षाबास कार्यक्रम व्यवस्थापनको जिम्मा बौद्ध महिला समितिले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण