१५ जनासँग सोधपुछ, पूर्व राज्यमन्त्रीका सहयोगीलाई पोलिग्राफ गराइँदै
काठमाडौँ । सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्याबारे अनुसन्धान गर्न प्रहरीले हालसम्म १५ जनासँग सोधपुछ गरेको छ । हत्यामा संलग्न आशङ्कामा उनीहरूसँग सोधपुछ गरिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय सर्लाहीका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
पूर्वराज्यमन्त्री राय साउन ७ मा आफ्नै घरमा मृत भेटिएका हुन् । रतनपुरमा उनका ३ वटा घर छन् । तीमध्ये एउटा घरमा सहयोगी राम उजेन रायसँग पूर्वमन्त्री बस्दै आएका थिए ।
रायका एक छोरा अस्ट्रेलिया र अर्का छोरा काठमाडौँमा बस्छन् । पूर्वमन्त्रीका भाइ चन्द्रपुर नगरपालिकाका पनि मेयर हुन् ।
सहयोगीको रूपमा कार्यरत २१ वर्षीय रायलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सहयोगीको बोलेको कुरा यकिन गर्न उनको पोलिग्राफ परीक्षण गरिँदै छ ।
मधेस प्रदेशका डीआईजी यज्ञ विनोद पोखरेलले सहयोगीलाई पोलिग्राफ गराउन लागिएको बताए । उनले भने–‘उनको भनाइको सत्यता परीक्षण गर्न पोलिग्राफ जाँच गर्दै छौँ ।’
सहयोगीले राति घरमा ३ जना मानिसहरू आएको बताएका छन् । प्रहरीसँगको बयानमा युवकले भनेका छन्, ‘साढे ९ बजेतिर ३ जना आएका थिए, यहीँ बस्ने भनेपछि उहाँ (पूर्व राज्यमन्त्री)को आग्रह अनुसार मैले ओछ्यान मिलाइदिएँ ।’
राति बास बस्न आएका भनिएका ३ जना मानिसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, प्रहरीले अहिलेसम्म उनीहरूको पहिचान गर्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते
-
अफ सिजनमा गुलजार नेपाली पर्यटन : भारतीय पर्यटक तान्न केले गर्यो काम ?
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको पहिलो हाफ गोलरहित बराबरी
-
खडेरीले बागलुङमा रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत
-
जननेता मदन भण्डारीलाई सम्झँदा
-
हेटौँडा उपमहानगरको उपलब्धि : ४ वर्षमा १० किलोमिटर कालोपत्र सडक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण