लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टीको संसदीय दल नेता परिवर्तन
मङ्गलबार, ०८ साउन २०८१, २२ : ५८

दाङ । नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशका संसदीय दलको नेता परिवर्तन गरेको छ । यसअघि प्रदेश संसदीय दलको नेता धर्मबहादुर चौधरी थिए ।
उनका ठाउँमा राजकुमार चौधरी चयन भएका हुन् । सोमबार दलको नेता चयन गरेर प्रदेशसभालाई पनि जानकारी गराइएको राजकुमार चौधरीले बताए। त्यस्तै प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारुलाई चयन गरिएको छ ।
लुम्बिनीमा नागरिक उन्मुक्तिका चार जना प्रदेशसभा सदस्य छन् । यसअघिका दल नेता चौधरी दुई पटक भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् । कांग्रेस नेता डिल्ली चौधरी र नेकपा (माओवादी केन्द्र) का नेता जोखबहादुर महरा मुख्यमन्त्री हुँदा उनी दुवै पटक मन्त्री थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डलाई कास्कीका पाँच वामपन्थी दलले बुझाए ज्ञापनपत्र
-
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको आकर्षण घट्दो
-
हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित
-
अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटको प्रक्रिया आजदेखि सुरु
-
सीडीएससीको ‘आईजीन’ नम्बर विवादले सेयरधनीको खातामा आईपीओ सूचीकरण हुन सकेन
-
पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना