एमालेले टुङ्ग्यायो लुम्बिनी प्रदेशका मन्त्रीको नाम

बुटवल । लुम्बिनीमा नेकपा एमालेबाट मन्त्री बन्नेहरूको नाम टुङ्गो लागेको छ । सता गठबन्धन अनुसार एमालेले आफ्नो भागमा परेका ४ मन्त्रीको नाम टुङ्गोमा पुराएको मुख्य मन्त्री चेत नारायण आचार्यले बताए ।
आचार्यका अनुसार रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङकी सीता शर्मा चौधरी मन्त्री बन्ने भएका हुन् । मन्त्री हुनेहरूमा ढकाल रूपन्देही ५(१), पन्थी गुल्मी २(२), सारु पाल्पा १(२) र शर्मा समानुपातिकबाट निर्वाचित हुन् । ढकाल यस अघिको मन्त्रिपरिषद्मा खानेपानी तथा सहरी विकास र पन्थी आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । एमालेले पुराना र २ नयाँ अनुहार पठाउने तयारी गरेको छ।
आज मुख्यमन्त्रीमा आचार्य र अन्य सबै मन्त्रीहरूले बिना विभागीय जिम्मेवारीमा शपथग्रहण गर्ने छन् । प्रदेश प्रमुख अमिक शेरचनको बुटवलस्थित कार्यालयले बिहान शपथ कार्यक्रम राखेको जनाएको छ ।
१२ मन्त्रालय रहेको लुम्बिनीमा भागबन्डामा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिने सहमति छ । बाँकी २ मन्त्रालय साना दलका लागि राखिएको छ । काँग्रेसले भने अझैसम्म मन्त्रीको नाम टुङ्गोमा पुराउन सकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रघु गंगा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
यस्तो छ सुनकोशी–मरिन डाइभर्सनको पछिल्लो अवस्था (तस्बिरहरू)
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
कर्णालीमा विकास बजेट कार्यान्वयन : चैतमा बढेको गति वैशाखमा खस्कियो
-
खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?