एमालेले टुङ्ग्यायो लुम्बिनी प्रदेशका मन्त्रीको नाम
बुटवल । लुम्बिनीमा नेकपा एमालेबाट मन्त्री बन्नेहरूको नाम टुङ्गो लागेको छ । सता गठबन्धन अनुसार एमालेले आफ्नो भागमा परेका ४ मन्त्रीको नाम टुङ्गोमा पुराएको मुख्य मन्त्री चेत नारायण आचार्यले बताए ।
आचार्यका अनुसार रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङकी सीता शर्मा चौधरी मन्त्री बन्ने भएका हुन् । मन्त्री हुनेहरूमा ढकाल रूपन्देही ५(१), पन्थी गुल्मी २(२), सारु पाल्पा १(२) र शर्मा समानुपातिकबाट निर्वाचित हुन् । ढकाल यस अघिको मन्त्रिपरिषद्मा खानेपानी तथा सहरी विकास र पन्थी आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । एमालेले पुराना र २ नयाँ अनुहार पठाउने तयारी गरेको छ।
आज मुख्यमन्त्रीमा आचार्य र अन्य सबै मन्त्रीहरूले बिना विभागीय जिम्मेवारीमा शपथग्रहण गर्ने छन् । प्रदेश प्रमुख अमिक शेरचनको बुटवलस्थित कार्यालयले बिहान शपथ कार्यक्रम राखेको जनाएको छ ।
१२ मन्त्रालय रहेको लुम्बिनीमा भागबन्डामा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिने सहमति छ । बाँकी २ मन्त्रालय साना दलका लागि राखिएको छ । काँग्रेसले भने अझैसम्म मन्त्रीको नाम टुङ्गोमा पुराउन सकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कप भलिबल : टिप टप न्यु डायमन्ड र न्यु डायमन्ड एकेडेमी फाइनलमा
-
कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
-
बाँसबारी माध्यमिक विद्यालयले जित्यो अन्तर विद्यालय खुला फुटसलको उपाधि
-
एनओसी अवार्ड : करातेकी एरिका र उसुका विजय वर्ष उत्कृष्ट खेलाडी
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण