लुम्बिनीमा कांग्रेस र एमालेबिच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति

बुटवल । नेपाली कांग्रेस र नेकपा एमालेबिच लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । सहमति अनुसार पहिलो चरणमा एमाले र दोस्रो चरण कांग्रेसले सरकारको नेतृत्व गर्नेछन् ।
बुधबार कांग्रेस र एमालेबिच प्रदेश सरकार सञ्चालनका लागि ६ सदस्यीय कार्यसम्पादन समिति गठन पनि गरेका छन् । समितिमा एमालेबाट भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, तुलसीप्रसाद चौधरी छन् । यस्तै कांग्रेसबाट जन्मजय तिमिल्सेना, धनेन्द्र कार्की र बैजनाथ कलवार रहेका छन् ।
समितिले मन्त्रिमण्डल गठन र जिम्मेवारी बाँडफाँट गर्ने छ । नीतिगत कार्यसम्पादनका लागि धारणा बनाउन समिति बनाएको एमालेका एक सांसदले जानकारी दिए ।
लुम्बिनीमा ९ सदस्यीय मन्त्रिमण्डल बने पनि मन्त्रीहरू सबै विनाविभागीय रहेका छन् ।उनीहरूलाई योग्यता र दक्षताका आधारमा मन्त्रालयको जिम्मेवारी दिन समितिले सुझाव दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डलाई कास्कीका पाँच वामपन्थी दलले बुझाए ज्ञापनपत्र
-
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको आकर्षण घट्दो
-
हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित
-
अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटको प्रक्रिया आजदेखि सुरु
-
सीडीएससीको ‘आईजीन’ नम्बर विवादले सेयरधनीको खातामा आईपीओ सूचीकरण हुन सकेन
-
पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना