लुम्बिनीमा कांग्रेस र एमालेबिच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति
बुटवल । नेपाली कांग्रेस र नेकपा एमालेबिच लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । सहमति अनुसार पहिलो चरणमा एमाले र दोस्रो चरण कांग्रेसले सरकारको नेतृत्व गर्नेछन् ।
बुधबार कांग्रेस र एमालेबिच प्रदेश सरकार सञ्चालनका लागि ६ सदस्यीय कार्यसम्पादन समिति गठन पनि गरेका छन् । समितिमा एमालेबाट भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, तुलसीप्रसाद चौधरी छन् । यस्तै कांग्रेसबाट जन्मजय तिमिल्सेना, धनेन्द्र कार्की र बैजनाथ कलवार रहेका छन् ।
समितिले मन्त्रिमण्डल गठन र जिम्मेवारी बाँडफाँट गर्ने छ । नीतिगत कार्यसम्पादनका लागि धारणा बनाउन समिति बनाएको एमालेका एक सांसदले जानकारी दिए ।
लुम्बिनीमा ९ सदस्यीय मन्त्रिमण्डल बने पनि मन्त्रीहरू सबै विनाविभागीय रहेका छन् ।उनीहरूलाई योग्यता र दक्षताका आधारमा मन्त्रालयको जिम्मेवारी दिन समितिले सुझाव दिनेछ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कप भलिबल : टिप टप न्यु डायमन्ड र न्यु डायमन्ड एकेडेमी फाइनलमा
-
कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
-
बाँसबारी माध्यमिक विद्यालयले जित्यो अन्तर विद्यालय खुला फुटसलको उपाधि
-
एनओसी अवार्ड : करातेकी एरिका र उसुका विजय वर्ष उत्कृष्ट खेलाडी
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण