सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, ११ साउन २०८१, १० : ५०
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार रु ३०० घटेर १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको हो ।
यसैगरी तेजाबी सुन तोलामा १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच महासंघले चाँदीका मूल्य शुक्रबार तोलामा १ हजार ७३० रुपैयाँ कायम भएको जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण