मनु भाकरले जितिन् पेरिस ओलम्पिकमा भारतका लागि पहिलो पदक
पेरिस । भारतीय शूटर मनु भाकरले पेरिस ओलम्पिकमा कांस्य पदक जितेर भारतलाई पहिलो पदक दिलाएकी छन् । मनुले १० मिटर एयर पिस्टलमा कांस्य पदक जितेकी हुन् ।
उनी २२१.७ अङ्कका साथ तेस्रो भइन् । मनुले पदक जितेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो एक्स खाताबाट पोस्ट गर्दै लेखेका छन्, ‘एउटा ऐतिहासिक पदक ! पेरिस ओलम्पिकमा भारतलाई पहिलो पदक दिलाएकोमा मनु भाकरलाई बधाई छ।’
मोदीले लेखेका छन्, ‘यो सफलता अझ विशेष छ किनभने उनी भारतका लागि सुटिङमा पदक जित्ने पहिलो महिला बनेकी छिन् । एक अविश्वसनीय उपलब्धि !’
प्रतियोगिता सुरु हुनुअघि नै मनुले भारतका लागि पहिलो पदक जित्ने अपेक्षा गरिएको थियो । उनले शनिबार छनोट चरणमा ५८० अङ्कका साथ तेस्रो हुँदै फाइनलमा स्थान पक्का गरिन् । मनुले टोकियो ओलम्पिक २०२० मा सोही इभेन्टमा १२ औँ स्थान हासिल गरेकी थिइन् ।
सन् २०२१ मा उनले ‘बीबीसी इमर्जिङ प्लेयर अफ द इयर २०२०’ अवार्ड जितेकी थिइन् । यस प्रतियोगितामा ओ यी जिनले स्वर्ण र दक्षिण कोरियाकी किम येजीले रजत पदक जिते ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण