सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक सिंहदरबारमा
काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन तीन सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा कार्यदलको बैठक बसेको हो ।
बैठकमा कार्यदल सदस्यसहित सरोकारवाला सहभागी छन् । यसअघि शुक्रबारको कार्यदल बैठकले टुङ्गो लाग्न बाँकी विषयमा निर्णय लिनुअघि सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको थियो ।
कार्यदल स्तरमा द्वन्द्वकालीन मुद्दामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने र स्वतन्त्र सहमति नभए अदालतमा जान सकिने बाटो खुला गर्ने कि नगर्ने भन्ने विषयबारे सहमति जुट्न बाँकी छ ।
सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकारको गम्भीर उल्लङ्घनका घटनामा संलग्नहरूलाई प्रचलित कानुनमा भएभन्दा ७५ प्रतिशतसम्म कम सजाय गर्न सक्ने व्यवस्था गर्न प्रमुख तीन दल सहमत भए पनि बाँकी विषयमा सहमति जुट्न बाँकी नै छ । ती विषयमा सहमति खोजेर कार्यदलले शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउने तयारी छ ।
कार्यदलमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण