विभिन्न स्थानमा ७ जना मृत फेला
मङ्गलबार, १५ साउन २०८१, १२ : ४३
काठमाडौँ । देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- महोत्तरी, बर्दिबास नगरपालिका-२ संजोग मार्गस्थित मकैबारीमा सोही नगरपालिका-२ बस्ने ५१ वर्षीय दिल बहादुर राना सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- यसैगरी महोत्तरी, रामगोपालपुर नगरपालिका-४ बिचला चोक बस्ने गोविन्द महतोको छोरा अन्दाजी साढे २ वर्षीय सचिन महतो सोही ठाउँस्थित पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा सोमबार फेला परेका छन् ।
- सर्लाही, ईश्वरपुर नगरपालिका-७ पोखरीटोल बस्ने ५० वर्षीय किशोरी साह आफ्नै घर नजिक सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- लमजुङ, सुन्दरबजार नगरपालिका-१० कोईरालाफाँटस्थित पाउदी खोलामा सोही नगरपालिका-१० पाखुरे बस्ने २८ वर्षीय राम बहादुर मजाकोटी सोमबार डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
- सुनसरी, बराहक्षेत्र नगरपालिका-४ पिडारी बस्ने ६५ वर्षीय गोबिन्द खड्का सोही ठाउँस्थित नालीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- प्युठान, माण्डवी गाउँपालिका-५ रम्दी आपचौरस्थित झिमरूक नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
- पर्सा, धोबिनि गाउँपालिका-५ बर्वा चोकस्थित नहरको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण