न्याय परिषद्ले गर्यो एकै पटक ९१ न्यायाधीशको सरुवा
काठमाडौँ । न्याय परिषद्ले एकै पटक ठुलो मात्रामा न्यायाधीशहरूको सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले एकै पटक ९१ जना न्यायाधीशको सरुवा गरेको हो ।
प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना न्यायाधीशको सरुवा गरेको न्याय परिषद्का सचिव यमबहादुर बुढामगरले बताए । मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले २ सचिवको सरुवा र २ जनालाई सचिव बढुवा गर्ने निर्णय गरेको थियो ।
सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको नियुक्तिसम्बन्धी एजेण्डा पनि छलफलमा रहेको थियो । मंगलबार न्यायाधीशहरूको सरुवाको एजेण्डामा धेरै छलफल भएकाले नयाँ सिफारिस हुन नसकेको परिषद् स्रोतले जनाएको छ । अर्को बैठकले न्यायाधीशहरूको सिफारिस गर्ने छ । सर्वोच्च, उच्च र जिल्ला अदालतमा न्यायाधीश रिक्त रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण