आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापतिद्वारा शपथ ग्रहण

बुधबार, १६ साउन २०८१, १५ : २२
बुधबार, १६ साउन २०८१

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । बुधवार उनले समितिको सभा कक्षमा शपथग्रहण गरेकी हुन् । सभामुख देवराज घिमिरेले सभापति थापालाई पद तथा गोपिनीयताको शपथ ग्रहण गराएका हुन् ।

डा.आरजु देउवा राणा परराष्ट्र मन्त्री बनेपछि रिक्त सभापति पदमा थापा निर्विरोध चयन भएकी हुन् । शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले समितिका काम कारबाहीलाई चुस्त बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप