लामो समयसम्म राखिएको अचारले निम्त्याउन सक्छ खतरनाक स्वास्थ्य समस्या
काठमाडौँ । खानाको थालमा तरकारी र भात वा रोटीसँगै अचार पनि छ भने खाना खानुको आनन्द बेग्लै हुन्छ । कयौँ मान्छे त अचार छैन भने खानामा हात पनि हाल्दैनन् ।
तपाईं पनि अचार खासगरी बट्टामा हालेर राखिने पुराना अचारको सौखिन हुनुहुन्छ भने यो समाचार तपाईंका लागि हो । पुरानो अचारले हाम्रो शरीरमा क्यान्सर जस्ता रोग बढाउन सक्ने भारतका क्यान्सर इम्युनोथेरेपिस्ट र डेनभ्याक्स क्लिनिकका संस्थापक निर्देशक डा. जमाल ए. खान बताउँछन्। पुराना अचार धेरै खाने परिवारमा क्यान्सरका बिरामी बढी देखिएको पनि उनले बताएका छन् ।
गालेको अचारले फ्री रेडिकल उत्पादन गर्छ
खानका अनुसार अचारलाई लामो समयसम्म राखेर खाँदा क्यान्सरजस्ता रोग लाग्ने खतरा छ । लामो समयसम्म राखिएको अचारमा फ्री रेडिकल बन्छ । जुन घातक हुन सक्छ । हामीकहाँ अचार जति पुरानो भयो त्यति राम्रो भन्ने भनाइ व्याप्त छ । तर वास्तविकता चाहिँ अचार जति पुरानो भयो यसमा त्यति नै धेरै फ्रि रेडिकल उत्पादन हुन्छ । लामो समयसम्म स्टोर गरेर राखिने जुन सुकै खानेकुरामा पनि धेरै फ्री रेडिकल उत्पादन हुन्छ । फ्री रेडिकलको अर्थ अक्सिजन हो । तर यसमा ओटू हुन्न, ओ मात्रै हुन्छ । यसले हाम्रो शरीरमा बन्ने कोशिकाको भित्तामा क्षति पुर्याउँछ ।
अहिले बनाएर अहिले खाने
आज बनाएर एक दुई दिनमै खाइहाल्ने अचारमा कुनै पनि समस्या नहुने खान बताउँछन् । तर यस्तो अचार पनि दिनहुँ नखान उनको सुझाव छ । एक वर्ष वा २ वर्ष पुराना अचार सकेसम्म नखान उनी भन्छन् । अचारलाई एउटा सिजनभन्दा बढी राखेर नखानमा उनले जोड दिएका छन् ।
हाम्रो खानपानको बानी क्यान्सरको बचाउमा निकै महत्त्वपूर्ण हुन्छ । यस्तोमा पुराना अचारको सेवनबाट बचेर पनि हामीले क्यान्सर जस्तो घातक रोगबाट आफूलाई बचाउन सक्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण