लेस्टरका पूर्व प्रशिक्षक सेक्सपियरको निधन
शुक्रबार, १८ साउन २०८१, १० : ०७
काठमाडौँ । इङ्लिस फुटबल क्लब लेस्टर सिटीका पूर्व प्रशिक्षक क्रेग सेक्सपियरको ६० वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । सन् २०२३ को अक्टोबरमा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो ।
लेस्टर सिटीका अतिरिक्त उनले वेस्ट ब्रोमविच, हल सिटी, एभर्टन, वाट्फोर्ड, एस्टन भिल्ला, नर्विच लगायतका क्लबमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनी सन् २०१६ मा इङ्गल्यान्डको राष्ट्रिय टोलीको सहायक प्रशिक्षक पनि बनेका थिए ।
पारिवारिक स्रोतका अनुसार, बिहीबार राति आफ्नो निवासमै उनको निधन भएको हो । लेस्टर सिटीले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । लेस्टर सिटीले शोक सन्तप्त परिवारमा समवेदना पनि व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण