तुलसीपुरमा बेग्लाबेग्लै घटनामा दुईको मृत्यु
दाङ । दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले तुलसीपुर उपमहानगरपालिका–११ पिरगाउँ निवासी ५० वर्षीय बालाराम ओलीको मृत्यु भएको हो ।
आज दिउँसो १ बजेतिर घर नजिकै रहेको बारीमा मोटर लगाउने क्रममा तार ‘सर्ट’ भई करेन्ट लागेर घाइते भएका थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
यसैगरी, शक्रबार बेलुका बाढीले अटोरिक्सा बगाउँदा बेपत्ता भएकी तुलसीपुर–४ निवासी ५५ वर्षीया सीता आले मृत भेटिएकी छन् । उहाँको शव आज बिहान ग्वारखोलामा भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए ।
शुक्रबार राति सवा ८ बजेतिर तुलसीपुरबाट खाद्रे जाँदै गरेको अटोरिक्सालाई तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाउँदा तुलसीपुर–४ खाद्रे निवासी ५५ वर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ वर्षीया मञ्जु खड्का खोलामा बेपत्ता भएका थिए ।
खड्कालाई भने अझै भेटाउन सकिएको छैन । अटोमा पाँचजना सवार थिए । चालक तुलसीपुर–४ खाद्रे निवासी ४५ वर्षीय हरिकिसन विक, ३३ वर्षीया सुनिता थापा र सात वर्षीय सुशान्त आले भने खोला तर्न सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केएमसीमा खुट्टा काट्नुपर्ने जोखिममा रहेका बिरामीको बिनाचिरफार सफल उपचार
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो
-
पेरेडेसले किन गाभीको घाँटी समातेर लडाइदिए ?
-
एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु
-
झापाको रतुवा खोलामा 'ल्याण्डमार्क ब्रिज' निर्माण तीव्र, ५० प्रतिशत काम सम्पन्न
-
दमकमा खैरो हेरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण