मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

घरअगाडिबाटै हरायो ट्रक

सोमबार, ०४ साउन २०८३, १२ : ०२
सोमबार, ०४ साउन २०८३

रौतहट। बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ मा घरअगाडि पार्किङ गरेर राखिएको खाली ट्रक हराएको छ।

ट्रकका सहचालक नै ट्रक लिएर सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तथा अनुसन्धान तीव्र पारेको छ।

प्रहरीका अनुसार स्थानीय चालक अनोज थापाले ना ६ ख १३५७ नम्बरको टाटा कम्पनीको खाली ट्रक आइतबार राति करिब ९ बजे आफ्नै घरअगाडि पार्किङ गरेका थिए। ट्रकका सहचालकले कसैलाई जानकारी नै नदिई ट्रक लिएर हिँडेका थिए। त्यसयता उनीसँग कुनै सम्पर्क हुन नसकेको चालक थापाले प्रहरीलाई बताएका छन्।

आफ्नो तर्फबाट खोजी गर्दा पनि ट्रक फेला नपरेपछि थापाले सोमबार बिहान ६:१० बजे प्रहरी चौकी पथलैयामा जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी हवल्दार मोहरकुमार दासको नेतृत्वमा दुई सदस्यीय टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। प्रहरीले हराएको ट्रकको खोजीलाई प्राथमिकतामा राखिएको जनाएको छ।

प्रहरीका अनुसार हराएको ट्रक जितपुरसिमरा उपमहानगरपालिका–१ निवासी सोम गुरुङको स्वामित्वमा रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप